Monday, March 28, 2022

देविस्थानका ८१७ जना बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्दको खोप लगाईने

         मालिका गाउँपालिका वडा न ५  देविस्थानका १५ महिनादेखि १५ वर्ष मुनिका ८१७ जना बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्दको खोप लगाईने भएको छ । विधालय जाने ७३३ जना र विधालय नजाने ८४ जना बालबालिकाहरुलाई यही २०७८ चैत्र २५ देखि २०७९ बैशाख १८ गतेसम्म संचालन हुने अभियानमा सो खोप लगाउन लागिएको हो ।

अभियानको मिति र स्थान पछि सुचित गरिनेछ । सम्पूर्ण अभिभावकहरुलाई नजिकको पायक पर्ने खोप केन्द्रमा लागि आफ्नो बालबालिकालाई  टाइफाइड रोगबाट सुरक्षित राख्न अनुरोध गर्दछौ ।


विधालय जाने बालबालिकाहरु :

मालिका आधारभूत विधालय = ४१ जना

भिम माध्यमिक विधालय = २०९ जना

प्रतिनर्मा आधारभूत विधालय = ७३ जना

गौ बोमबस्त माध्यमिक विधालय = २७२ जना

सिद्धार्थ बोर्डिङ्ग स्कुल = ८६ जना

लक्ष्मी आधारभूत विधालय = ३३ जना

सरस्वती आधारभूत विधालय = १९ जना

जम्मा = ७३३ जना


विधालय नजाने बालबालिकाहरु :

साविक वडा नं १ = १० जना

साविक वडा नं २ = ३ जना

साविक वडा नं ३ = ७ जना

साविक वडा नं ४ = ९ जना

साविक वडा नं ५ = १४ जना

साविक वडा नं ६ = २७ जना

साविक वडा नं ७ = ७ जना

साविक वडा नं ८ = ७ जना

साविक वडा नं ९ = ० जना

जम्मा = ८४ जना









Friday, October 22, 2021

भिटामिन के सुई ( Vitamin K Injection )

                   नेपालमा पनि नवजात शिशुका लागि जन्मेको १ घण्टा भित्र दिनुपर्ने भिटामिन के कार्यक्रम सुरु भएको छ । निःशुल्क रुपमा सञ्चालन भै रहेको आमा सुरक्षा कार्यक्रम अन्तरगत सुरक्षित सुत्केरी कार्यक्रमको प्याकेजमा समावेश देशभर नवजात शिशुलाई जन्मने बित्तिकै भिटामिन केको सुइ दिईन्छ ।




नवजात शिशुलाई कतिबेला यो सुई दिने? 

✔ नवजात शिशु जन्मिएको एक घण्टा भित्र यो सुई दिनुपर्दछ । 

✔ अभिभावकको सहमतिमा दुध चुसेपछि एक घण्टामा भिटामिन के सुई मासुमा दिइनेछ । 

✔ दाहिने तिघ्राको अगाडीको भागको मासुमा दिनुपर्छ ।

✔ यदि घरमा सुत्केरी भएको अवस्थामा आमा र शिशु प्रथम पटक स्वास्थ्य संस्थामा आएको बेला दिने अर्थात् स्वास्थ्यकर्मीहरु घरमा नै गएर दिनेछन् । 

✔ यसको डोज भनेको १ केजी भन्दा कमतौल भएका नवजात शिशुलाई ०.५ मिलिग्राग र १ केजीभन्दा माथि तौलका शिशुलाई १ मिलिग्राम हो ।


भिटामिन के को कमी भएका बालबालिबालाई कस्तो समस्या हुन्छ? 

रगत जमाउने तत्व बनाउन भिटामिन के चाहिन्छ । जुन शिशुमा भिटामिन केको कमी हुन्छ, त्यस्ता शिशुहरुलाई कुनै चोटपटक  वा घाउ लागेमा रगत बगिरहन्छ । जसका कारण शिशुमा कुनैपनि बेला दुर्घटना निम्तन सक्छ । रक्तस्राव भएका शिशुलाई तुरुन्तै अस्पताल भर्ना गरेर भिटामिन के दिनुपर्दछ ।